बालबालिकालाई सिर्जनात्मक बनाउन जरूरी : डा. आचार्य

बालबालिकालाई सिर्जनात्मक बनाउन जरूरी : डा. आचार्य

भदाै १२, दाङ ।

संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. गाेविन्द आचार्यले बालबालिकालाई सिर्जनात्मक बनाउन जरूरी रहेकाे बताए ।

गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले आयाेजना गरेकाे तीन दिने कथा लेखन प्रशीक्षण कार्यक्रमकाे समापन समाराेहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै डा.आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई रचनात्मक तथा सिर्जनात्मक बनाउन आवश्यक रहेकाे बताएका हुन् ।

विद्यालयले विद्यार्थीका लागि आयाेजना गरेकाे कथा लेखन कार्यक्रममा कक्षा ७ देखि १२ सम्मका ५८ जना विद्यार्थी सहभागी रहेका थिए ।

समापन कार्यक्रममा विजया घर्ती, सरीता खड्का, अजित आचार्य, कृष्टिना चाैधरी, सम्भवी घिमिरे, आरभ शर्माले कथा वाचन गरेका थिए ।

नमुना वली, याेजना बुढाथोकी र तारा पुनले प्रशीक्षण कार्यक्रम अवधिकाे अनुभव सुनाएका थिए।

कार्यक्रममा वाचित रचनाकाे समीक्षा राप्ती साहित्य परिषद्का केन्द्रीय सचिव आदिम केसीले गरेका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले कथा लेखनमा सक्रिय रहन र निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रशिक्षक तथा बाल साहित्यकार विजयकुमार आचार्यले सिर्जनात्मक क्लवका माध्यमबाट बालबालिकालाई अझ बढी सिर्जनशील बनाउन सकिने बताए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल मानसिं घर्तीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

कक्षा ८ का छात्र आयुष देवकोटाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण विद्यार्थीद्वय शुभेच्छा पाण्डे र अभिषेक अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *